आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलर १३२ रूपैयाँ बढी

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलर १३२ रूपैयाँ बढी

काठमाडौ, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिददर १४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिददर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा कायम हुँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा खरिदबिक्री गर्न पाइनेछ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५.२१ रुपैयाँ र बिक्रीदर ३५.३७  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र  बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएकाे छ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.६४ पैसा  विक्रीदर ४३०.५८ पैसा रहेको छ ।