चलचित्र 'प्रसाद २' आगामी बैशाखमा रिलिज हुँदै 

1.

कानुनी विवादमा परेको नेपाली चलचित्र  'प्रसाद २' प्रदर्शन हुने बाटो खुलेको छ।   पाटन उच्च अदालतले चलचित्र प्रदर्शन गर्न दिने आदेश दिएपछि उक्त चलचित्रको रिलिज हुने भएको हो।  

यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको लेनदेन विवादका कारण अदालतमा मुद्दा थियो।  प्रदर्शन तय भइसकेको अवस्थामा यसको सेन्सर रोक्नका लागि विभिन्न व्यक्तिहरूबाट रित परेको हो।  जसमा निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २१ गते अन्तरिम आदेश दिएको थियो।

सोमबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोहि मुद्दालाई निरन्तरता नदिएपछि अहिले प्रदर्शनको बाटो खुल्न पुगेको हो।  चलचित्र प्रसाद २ आगामी बैशाखमा रिलिज गरिने तयारि रहेको निर्देशक सुदर्शन थापाले बताएका छन्।  

'प्रसाद २' चलचित्र एक राजनीतिका र सामजिक घटनालाई प्रतिबिम्बित  गर्दछ।  यसमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको छ।