आज दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

 आज दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक आज  बस्दै छ । संसद् सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बस्दै छ । 

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।