आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई कर सहित ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।