सरकारी सुविधाको २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

सरकारी सुविधाको २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णय असार मसान्तसम्म लागू हुने बताएको छ । इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने मन्त्रालयले जनाएको छ । छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौति गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यो कटौति हाललाई २०७९ असार मसान्तसम्म लागू हुने सूचनामा भनिएको छ ।