आन्तरिक उडान आजदेखि १८ घण्टा सञ्चालन

आन्तरिक उडान आजदेखि १८ घण्टा सञ्चालन

नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।

प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाई छ । यस्तै उडान चाप कम गर्न अन्तर्राष्ट्रिय उडानमा पनि आउँदो जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर चार सय २० वटाको हाराहारीमा उडान भइरहेको छ ।