एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौ, ७ असार । आज दिउँसो नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दै छ । बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट लगायतका विषयमाथि छलफल हुँने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।