एक बालकलाई चुम्बन गरेकोमा आलोचना भएपछि दलाई लामाले मागे माफी

1.

तिब्बती धर्मगुरू दलाई लामाले एक बालकलाई चुम्बन गरेको भिडियो सामग्री सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ।  उनको चतार्फी आलोचना भएपछी उनले सोमबार विज्ञप्ति जारी गरेर माफी मागेका हुन् ।  

"उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।" उनले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।  

सार्वजनिक भिडियो अनुसार लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य देखिन्छ।  यस्तै लामा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका थिए।  उक्त भिडियो दिपिका पुस्करनाथ नाम गरेको एक महिलाले खिचेकी थिईन्। 

लामाको अरु भिडियो हेर्दा उनले यस्तो किसिमको व्यवहार गरेको समेत देखिन्छ।  साथै उनले विज्ञप्तिमा अधिकांश मानिससँग यसरी जिस्किने गरेको उल्लेख समेत गरेका छन्।