एनसेल प्रकरणः अमरेश सिंहले दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

एनसेल प्रकरणः अमरेश सिंहले दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा


काठमाडौं । एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजालासमा परेको छ ।

सांसद सिंहले कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई नै हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ।