काठमाडौँ महानगरभित्र आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरु

1.

काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको छ।  महानगर प्रमुख  बालेन साहले उक्त प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने बताए।  

त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने समेत जनाइएको छ। 

साथै यसले पहिले २-३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने र यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको समेत साहले जानकारी दिए।  

उनले भने, 'यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ। '