क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको भएन बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको भएन बहस

काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको बहस भएन । नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त इजलासले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न भने आदेश दिएको छ ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।