कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

1.

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको थियो।

उनि मुटुको बिरामी थिईन्। साथै उनको चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।