टिकट वितरणको विषयमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

टिकट वितरणको विषयमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङमा स्थानीय तहको टिकट वितरणका विषयमा दुई पक्षबीच झडप भएको छ। झडप हुँदा खनियाबास गाउँपालिकाका रणबहादुर तामाङ घाइते भएका छन्।  खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको जनाइएको छ।

नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको जनाइएको छ। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाएका छन्। 

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ। घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ। आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।