कांग्रेस घोषणापत्रलाई लिएर केपी ओलीले दिए यस्तो प्रतिक्रिया

कांग्रेस घोषणापत्रलाई लिएर केपी ओलीले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रले पार्टीको हविगत दर्शाएको टिप्पणी गरेका छन्। जनताले उक्ता घोषणापत्र नपढ्ने भन्दै आफ्ना कार्यकर्तालाई कांग्रेस चिन्नका लागि पढ्न निर्देशन गरे।

‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’

उनले भने, 'सत्ता पाउन र टिकाउन कांग्रेसले जे पनि गर्छ। अहिले गठबन्धन नामको कुहिएको लौरी समातेको छ। त्यो कुहिएको ढोडको लौरो यही चुनावमा भाँचिन्छ।'