पीएनजीसँग नेपालको सम्मानजनक हार

पीएनजीसँग नेपालको सम्मानजनक हार

पपुवा न्युगिनी(पीएनजी)सँग एकदिवसीय क्रिकेट सिरिज खेलिरहको नेपाल ६ रनले पराजित भएको छ। पीएनजीले दिएको २ सय ९२ रनको विशाल लक्ष्य नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २८६ रनमा समेटिएको हो।

नेपालका लागि ब्याट‍्सम्यान रोहित पौडेल ब्यक्तिगत १२६ रनको योगदान गरेका थिए। ओपनर ब्याट्सम्यान अनिल शाहले ६ रन जोडेका थिए। त्यस्तै देव खनाल शून्य रनमा, कुशल भुर्तेल ३२ रन, दिपेन्द्रसिंह एरी १५ रन, आरीफ शेख ३४ रन, भिम सार्की १७ रनमा आउट भएका थिए।

टस हारेर ब्याटिगंको निम्तो पाएको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाउँदै नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ।