खुम्बुको हिपहिरोमा परि ३ जना नेपाली सगरमाथा आरोहीको मृत्यु 

1.

 सगरमाथा आरोहणको क्रममा खुम्बुको हिपहिरोमा परि तीन नेपालीको मृत्यु भएका छन्।  

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको जनाइएको छ।  

मृत्यु हुने  तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरु सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा पुगेका थिए।  तर माथिबाट हिमपहिरो खसेपछि मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

आज बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा अझै पुरिएको अवस्था रहेको छ। एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार कार्यमा अप्ठ्यारो परिस्थिति सृजना भएको छ।  तर अहिले  शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको जनाइएको छ।