गायक सुनिलको 'मोर सजना' मा विकाश र अलिशाको रोमान्स

गायक सुनिलको 'मोर सजना' मा विकाश र अलिशाको रोमान्स

काठमाडौं, ४ जेठ । गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको 'मोर सजना' बोलको गीतको भिडियो रिलिज भएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका हुन् ।

भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियो लिंकःhttps://youtu.be/8SJ7yLHjFcM