चीनको उत्तर पश्चिमी भाग निङ्जियामा ग्यास विस्फोट : ३१ को मृत्यु

चीनको उत्तर पश्चिमी भाग निङ्जियामा ग्यास विस्फोट : ३१ को मृत्यु

काठमाडौ, ७ असार । बुधवार राति चीनको उत्तर पश्चिमी भागको निङ्जिया सहरमा ठुलो ग्यास विस्फोट भएको छ । उक्त विस्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ ।

यो विस्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । र यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।