कैलालीमा सत्ता गठबन्धन बाहेकका दलहरुसँग सहकार्य गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा सत्ता गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल गर्ने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक पार्टीबीच तालमेल गर्ने निर्णय भएको जसपाका कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिए ।
थरुहटरथरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुको उपस्थितिमा शनिबार पत्रकार सम्मेलन गर्दै अधिकार र पहिचानका लागि आन्दोलनरत संघर्ष समितिबीच चुनावी तालमेल गर्ने घोषणा गरिएको हो । थारु नेता लक्ष्मणले कैलालीका १२ स्थानीय तहमा चार दलका संयुक्त उमेदवार रहने बताए ।
उनले आफूहरूका माग, मुद्दाहरूलाई सम्बोधन गराउन मोर्चाबन्दी गरेर अगाडि बढेको बताए । जसपाका कैलाली अध्यक्ष कुश्मीले धनगढी उपमहानगरपालिकाबाहेक जिल्लाका अरू स्थानीय तहमा अरू दलसँग गठबन्धन गर्न केन्द्रबाट कुनै रोकटोक नरहेको बताए ।