तलब खाएर कर्मचारीहरुले राजनीति गर्ने युनियन खारेज हुनुपर्ने सांसद शाहीको माग 

1.

प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शाहीले तलब खाएर कर्मचारीहरुले राजनीति गरेको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कर्मचारी युनियन खारेजीको माग गरेका हुन्।

उनले भने, 'कर्मचारी कसको, जनताको हो कि पार्टीको हो। आज कर्मचारीहरु राजनीति गर्छन तलब खाएर। यो तलब खेर राजनीति गर्ने कराम्चारी युनियन खारेज गर्नु पर्छ। '

यस्तै शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको समेत बताए। उनले बैठकमा बोल्दै वर्तमान सरकारनै वास्तविक मिटरब्याजी रहेको आरोप लगाएका हुन्। शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत पुगेको बताउंदै सरकारको व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्चपुगेको सांसद शाहीले जानकारी दिए । उनको अनुसार सरकारले भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ ।

उनले भने, 'पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् ।' निर्माण व्यवसायीको हालत विजोग रहेको शाहीको भनाई छ।