दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु 

1.

दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ खैरा नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किंदा  मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।  

ज्यान गुमाउने घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेका छन्।  प्रहरीको अनुसार  भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर  दिएको थियो।  

मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले बताए। ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।