नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित


काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको हो ।

शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । आज  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।