नथिङ मोबाइल ब्राण्डद्वारा नेपालमा फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक

नथिङ मोबाइल ब्राण्डद्वारा नेपालमा फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक

काठमाडौं । नथिङ मोबाइल ब्राण्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ ।कार्ल पेइद्धारा स्थापित ब्रिटिस आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप ब्राण्ड सीएमएफ मार्फत विश्वव्यापी रुपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरेको हो ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले यी सीरीज सार्वजनिक गरेका हुन् । अतिथि, व्यापारिक साझेदार, सेलिब्रेटी, मिडियाहरुको उपस्थितिमा काठमाडौंस्थित भिवांतामा आयोजित कार्यक्रममा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २को लञ्च गरिएको हो ।

 सीएमएफ फोन १, सीएमएफ बड्स, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ चार वटा रंगमा बजारमा पाइन्छ । सीएमएमफ फोन कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध छ ।

यसकासाथै, नथिङले फोन ए पनि ल्याएको छ । यसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट रहेको छ । नथिङले इअर र इअर (ए) (इअर बड्स) पनि नेपालमा ल्याएको छ ।