नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशको घोषण गरेको छ ।नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा ३.७५ प्रतिशत बोनस र कर सहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।