नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा, लाभांश पारित गर्ने
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सले वार्षिक साधारणसभा बोलाएको छ । आगामी पुस १२ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो । साधारणभाले सेयरधनीका लागि यसअघि घोषित चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै सञ्चालकहरुको बैठकभत्ता वृद्धि गर्ने प्रस्ताव पनि साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।यसका अलवा गत आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाले पारित गर्नेछ ।