नवलपरासीमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

1.

 नवलपरासीमा आज एक टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।  

नवलपरासीको बर्दघाट–सुस्ता पश्चिमको सरावल गाउँपालिका–१,तिलकपुरमा टिप्परले ठक्कर दिंदा सुनवल नगरपालिका–१३, बडेराका ३२ वर्षीय निरन्जीवी काफ्ले मृत्यु भएको हो।  

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४१ २५ नम्बरको टिपरले सोही दिशातर्फ जादै गरेको लु ७७ प ७८ ९३ नम्बरको मोटरसाइकललाई  आज बिहान साढे १० बजे ठक्कर दिएको थियो।  

प्रहरीको अनुसार उक्त टिपर बायाँ मोड्ने क्रममा समान दिशा तर्फबाट आएको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो। सोहि दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेलाई उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको थियो।  

अहिले दुवै सवारी साधनसहित टिपर चालकलाई प्रहरी चौकी बासाले नियन्त्रणमा लिएको छ ।