श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-१० कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनले श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीयले फेला पारी अस्पताल पुर्‍याएका थिए। अस्मिताको शुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा ज्यान गएको थियो।