प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको हो : एनसेल

प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको हो : एनसेल


काठमाडौं । एनसेलले प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको जनाएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । “एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ ।

साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” विज्ञप्तिमा उल्लेख छ ।

नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ । ‘सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (५३ अर्ब ३८ करोड रुपैयाँ) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनी ९एक्जियटा०ले निश्चित समयवधिभित्र प्राप्त गर्नेछ।’