कान्तिपुरले बार्गेनिङ गरेको प्रमाणसहित पृथ्वीबहादुर शाह पुगे प्रेस काउन्सिलमा

कान्तिपुरले बार्गेनिङ गरेको प्रमाणसहित पृथ्वीबहादुर शाह पुगे प्रेस काउन्सिलमा

कान्तिपुर दैनिक पत्रिकाले आफूसँग बार्गेनिङ गर्दै समाचार लेखेको भन्दै युवा व्यवसायी पृथ्वीबहादुर शाहाले  छानविन गरिदिन  प्रेस काउन्सिल नेपालमा निवदेन दर्ता गराएका छन् । कान्तिपुरका पत्रकारले मध्यराती टेलिफोन गरी बार्गेनिंग गरेको, मानसिक रुपमा तनाव दिएको, पैसा दिन नमान्दा समाचार लेखिएको प्रमाणसहित  शाह काउन्सिलमा पुगेका हुन् ।

शाहले अमेरिकाबाट ४० करोड रुपैयाँ अवैध रुपैया भित्र्याउन लागेको र त्यसमा अर्थमन्त्री जनार्दन शर्माको समेत शंकास्पद भूमिका रहेको भन्दै केही दिनदेखि समाचार आइरहेको छ । शाहले त्यसलाई विभिन्न माध्यममार्फत खण्डन गरिरहेका छन् । तर, कान्तिपुरले आफ्नो समाचारको खण्डन नगरेको, आफ्नो भनाईलाई वेवास्ता गरेको र उल्टै पत्रकार प्रयोग गरी बार्गेनिङ गरेको आरोप शाहले लगाएका छन् । 

शाहले आफ्नो ४० करोड रोक्नुमा निलम्बित गभर्नर महाप्रसाद अधिकारीको हात रहेको दाबी गर्दै आएका छन् । अधिकारीले विभिन्न स्रोत मार्फत शाहसँग कमिसन मागेको समाचार सार्वजनिक भएपछि सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अहिले शाहले आफूसँग बार्गेनिङ गरेको दाबीसहित प्रेस काउसन्सल पुगेकोले कान्तिपुर मिडिया पनि कारवाहीको भागिदार होला भन्ने सर्वत्र चासो बढेको छ ।