सबैतिर तालमेल गरेर जाने निर्णय भयो: प्रचण्ड

सबैतिर तालमेल गरेर जाने निर्णय भयो: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्।

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले  सत्तारूढ गठबन्धनको आजको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन्।

उनले भने, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने नै कुरा भयो।” अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको जानकारी दिए।