निर्वाचन आयोगका पदाधिकारीलाई किन बालुवाटार बोलाए प्रधानमन्त्रीले ?

निर्वाचन आयोगका पदाधिकारीलाई किन बालुवाटार बोलाए प्रधानमन्त्रीले ?

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका हुन् ।

आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।

सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो । सो छलफलमा समान व्यवहार नगरेको भन्दै साना दलहरुले हो हल्ला पनि गरेका थिए ।