बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न सकेनः  अर्थमन्त्री महत

बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न सकेनः  अर्थमन्त्री महत


काठमाडौं, १५ जेठ ।   पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न नसकेको बताएका हुन् ।

उनले आयोजनाको पूर्वतयारी र प्राथमिकीकरण नगरी साधारण स्रोत छर्ने प्रवृत्ति रहँदा पूँजीगत खर्च अपेक्षाअनुसार नरहेको बताएका हुन् । यस्तै उनले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने चूनौती रहेको बताएका छन् ।