भारतमा लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिदैँ नरेन्द्र मोदी

 भारतमा लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिदैँ नरेन्द्र मोदी

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्नलोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यकालागिबहुमतकालागि २७३ सिट आवश्यक पर्छ । उक्तबहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथलिने सम्भावना बढेको हो ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथलिने बित्तिकै नरेन्द्र मोदीको नाममानयाँकीर्तिमानथपिनेछ । यसअघि यो कीर्तिमानजवाहरलाल नेहरूकानाममाथियो । मोदीले उक्तकीर्तिमान बराबरी गर्नेछन् ।एनडीएको बैठक आजदिउँसो ४ बजे दिल्लीमाबोलाइएको छ । जसमा जेडियु प्रमुखनितिशकुमार, टीडीपी प्रमुखएनचन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागीहुनेछन्। भाजपा संसदीयबोर्ड बैठक एनडीए सहयोगीहरु संग वार्ता पछि बस्नेछ ।

 यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ । जेडीयू प्रमुखनितिशकुमार बुधबार बिहानदिल्लीपुगेका छन् । चन्द्रबाबु नायडू पनिदिल्लीपुग्ने सम्भावना रहेको छ ।उता, कांग्रेस आइलगाएतको इन्डिया गठबन्धनले पनिआन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।