भारत भ्रमण बारेमा प्रधानमन्त्री दाहालले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दै

भारत भ्रमण बारेमा प्रधानमन्त्री दाहालले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु अघि सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुँन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्व प्रधानमन्त्री, राजनीतिक दलका शिर्ष नेता, पुर्व परराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्ने छन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।

उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्ने छन । जसमा पुर्व परराष्ट्र मन्त्रीहरु तथा भारतका लागि पुर्व नेपाली राजदुतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ । प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदै छन् ।