भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको छः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौ, १३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले कुनै पनि बहानामा भ्रष्टाचारी उम्कन नसक्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृतिलाई अन्त्य गर्न सरकार डटेर लागेको बताएका छन् । यो वा त्यो बाहानामा साथिभाई, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ ।

‘अहिले सरकारले चालेको भ्रष्टाचार, गठी विरोधि अभियानमा, जो संगठित अपराधहरु देशमा जनता र राज्यलाई चुस्ने काम भैराखेको छ त्यो सन्दर्भमा चालीएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भैरहेको पनि छ । युवाहरु देशमा केही हुन्छ भनेर आशाबादी र उत्साहित बनेका छन्,यो धेरै राम्रो पक्ष हो ।’

उनले भने, ‘तर, कता कता यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रोहरु जोडिएकाहरु कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिदैन । कसैले नसोचे हुन्छ,भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाइ हामी रोक्न सक्दैनौ,त्यो कृपा कसैले नगरे हुन्छ ।’ उनले सरकारले कुनै राजनीतिक दल,नेता, व्यापारिक घरना, साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने बताएका छन् । ी गरे ।

‘हामी भ्रष्टाचार,बेथिति र ठगि विरोधि अभियानलाई रोकेर कसैमाथि कृपा गर्न सक्दैनौ । जुनसुकै राजनीतिक पार्टीको होस्,जुनसुकै परिवार र घरानाको होस्,जो सुकैको नातासम्बन्ध होस्,जुनसुकैको साथि सङ्गी होस्,जुनसुकैले पैसा दिएर आफ्नो धानेको होस् ति कसैसंग सरकारलाई मतलव छैन् । जो अनुसन्धानको आधारमा दोषी,अपराधि देखिन्छ,उनिहरुलाई कानूनको दायरामा ल्याइने छ । जो निर्दोष छ उसलाई यो देशमा शिर ठाडो पारेर स्वतन्त्र नागरिकको रुपमा बाँच्ने अवसर दिनेछौं,’ गृहमन्त्री श्रेष्ठले भने ।