माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवारदेखि  सुरु भएको केन्द्रीय  समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् । 

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

 बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।