मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको छ : महासचिव पोखरेल

मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको छ : महासचिव पोखरेल


काठमाडौं । मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए ।

आज विहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको उल्लेख गरेका छन् । एमालेको संकल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पु¥याएको दाबी गरे ।

उनले मध्यपहाडमा आर्थिक विकास र संमृद्धिको ठूलो सम्भावना कायम रहेको बताए । ‘मध्यपहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्यपहाडी लोकमार्ग भविष्यमा नेपालको संमृद्धिको आधार बन्नसक्छ भन्ने निष्कर्षमा पुगेका छौं । मध्यपहाडमा अझैपनि सम्भावना टरिसकेको छैन ।’