माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको पेसी २७ चैतमा

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको पेसी २७ चैतमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ। आइतबार न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो।

न्यायाधीश अनिल सिन्हा र सुवेदीको इजलासमा पेसी रहेको थियो। यसअघि इजलासले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भनी पेसी तोकेको थियो। इजलासमा पक्ष र विपक्ष दुवैका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका हुन्।

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय सुवेदीले गरेका हुन्। न्यायाधीश सुवेदीले नबस्ने जानकारी गराएपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए।