ठमेलको मनाङ होटलमा विदेशी  नागरिक मृत फेला

ठमेलको मनाङ होटलमा विदेशी  नागरिक मृत फेला

केही हप्ताअघि भिजिट भिषामा नेपाल घुम्न आएका आयरल्याण्डका नागरिक एलेन म्याक्स फिलिप्स ठमेलमा मृत भेटिएका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार आयरल्याण्ड घर भएका एलेनको शव होटल मनाङको पहिलो तल्लामा रहेको स्विमिङ पुलमा भेटिएको थियो। 

४ जना साथीहरुसँगै उनी राती ३ बजे उक्त होटलमा पुगेका थिए। ठमेलकै 'न्यु एभरेष्ट' होटलमा बस्दै आएका उनीहरु अत्यधिक मदिरा सेवन गरेको अवस्थामा बाटो बिर्सिएर 'मनाङ' होटलमा पुगेका थिए। 

उनीहरु राती मनाङ होटलको छतमा चढेका थिए। एक जना छतमा रहेको म्याटमा निदाएको र एलेन गएको र नशा लागेको अवस्थामा छानोमा चढ्ने क्रममा चिप्लिएर तल खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। कुँवर भन्छन्, 'घटना हेर्दा भवितव्य दुर्घटना जस्तो देखिन्छ। अन्य जानकारी अनुसन्धानका क्रममा भेटिएला।' केही दिन अघि उनीहरु ट्रेकिङबाट फर्किएका थिए। बिहान सुरक्षा गार्डले स्विमिङ पुलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।