देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिउँसोको मौसम ?

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिउँसोको मौसम ?

काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।