​रूस-युक्रेनबीच वार्ता जारी, रूसी विदेशमन्त्रीले दिए सुखद् सन्देश

​रूस-युक्रेनबीच वार्ता जारी, रूसी विदेशमन्त्रीले दिए सुखद् सन्देश

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन्। उनले युक्रेनको 'तटस्थ स्थिति'लाई गम्भीर रूपमा विचार गरिरहेको बताए।युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि रूसले 'अधिक यथार्थपरकु माग गरिरहेका वेला लाभरोभको यस्तो भनाइ आएको हो। जेलेन्स्कीले आफ्नो देश अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सामेल नहुने स्पष्ट संकेत पारेका छन्।

रूसी विदेशमन्त्रीले युक्रेनसँग रूसलाई खतरा उत्पन्न हुने हतियार हुन नहुने बताए। 'युक्रेनसँग रूसलाई धम्की दिने हतियार हुनुहुँदैन', उनले भने। हाम्रा लागि खतरा नहुने हतियारमा विरोध गर्दैनौँ। उनले युक्रेनसँग चलिरहेको वार्ता ‘कठिन’ भएको पनि बताए। लाभरोभले युक्रेनमा रूसी भाषाको प्रयोग र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्ने पनि माग गरेका छन्।​

रूसले आफ्ना सैनिक मारिएका ठाउँमा तैनाथ गर्न थप सैनिक बोलाउँदै छ। यही कारणले रूसले आक्रमण सुरु गर्न संघर्ष गरिरहेको छ। यी सैनिकहरूको सहयोगमा रूसले आफ्नो कब्जामा रहेका क्षेत्रमा बलियो उपस्थिति बनाउनेछ। अर्कोतर्फ युक्रेनका मध्यस्थकर्ताले आफ्नो देशले रूससँग चलिरहेको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न रूसी वार्ताकारहरूसँग वार्ता जारी राख्ने बताएको छ। रूस र युक्रेनबीच बुधबार पनि युद्ध भइरहेको छ।

रूससँग वार्ता गर्न गठित युक्रेनी प्रतिनिधिमण्डलका सदस्य र युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइल पोदोल्याकले ट्वीट गरे, 'बुधवार पनि वार्ता जारी छ।' यो धेरै कठिन र जटिल प्रक्रिया हो। दुई देशबीच कैयौँ मतभेद छन् तर अझै पनि सहमतिको ठाउँ छ। यसैबीच मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलबीच युक्रेन विवादबारे टेलिफोन वार्ता भएको थियो।

रूसले जारी गरेको विज्ञप्तिअनुसार दुवैले युक्रेनमा रूसी विशेष सैन्य कारबाही र युक्रेनबाट सर्वसाधारण नागरिकको उद्धार गर्ने विषयमा छलफल गरेका थिए।