रुसले युक्रेनमाथि प्रहार गर्यो हाइपरसोनिक मिसाइल, विश्वयुद्ध सुरु हुने चिन्ता

रुसले युक्रेनमाथि प्रहार गर्यो हाइपरसोनिक मिसाइल, विश्वयुद्ध सुरु हुने चिन्ता

रुसी सेनाले पश्चिमी युक्रेनमा हाइपरसोनिक ब्यलेस्टिक मिसाइल प्रहार गरेको छ । जसका कारण युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट भएको छ । रुसले कुनै पनि युद्धमा यी मिसाइलको प्रयोग गरेको यो पहिलो घटना हो । प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल हो । 

रुसी अधिकारीको दाबी अनुसार यो हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतीले २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार गर्न सक्षम छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार हाइपरसोनिक मिसाइल रुसको एकमात्र विश्व  थर्काउने शक्ति भएको बताउँदै आएका थिए । यसको गति ध्वनीको गतिभन्दा पाँच गुणा तेज छ ।