नेप्से परिसूचक दोहोरो अंकले घट्यो 

नेप्से परिसूचक दोहोरो अंकले घट्यो 

कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । 

कारोबार रकमका आधारमा इनर्जी नेपाल लिमिटेड अग्रस्थामा रह्यो। सो कम्पनीको  ६ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सूर्य लाइफ इन्सुरेन्स परे। नबिल बैंकले ५ करोड  र सूर्य लाइफले  ४ करोड  बढीको सेयर कारोबार गरे।