श्रीलङ्कामा जारी सङ्कटकाल हटाइयो, सर्वदलीय सरकार गठनको तयारी

श्रीलङ्कामा जारी सङ्कटकाल हटाइयो, सर्वदलीय सरकार गठनको तयारी

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको  छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य भएका हुन् ।

सङ्कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उनको सरकार अल्पमतमा परेको छ । राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । डिजलरपेट्रोल र बिजुली नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् ।