समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं, ४ भदौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ ।आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियो । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएको हो ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही विषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीको गठन भएको सो मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।