सेयर बजारमा आज सामान्य अंकको वृद्धि 

1.

आज सेयर बजारमा नेप्से सामान्य अंकले वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक  ५.५४ अंकले वृद्धि भइ १८४४.०२ बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

आज सेयरबजारमा २९ लाख ६० हजार ८६३ कित्ता सेयर ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको सेयर कारोबार  भएको छ।  यसअघि १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको थियो। 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनीले ६ करोड ८४  लाख १८ हजार ६४३ रुपैयाँको सेयर कारोबार गर्दै शीर्षस्थानमा रहेको छ। 
साथै सानिमा मिडल तमोर हाइड्रोपावरको  ६ करोड ६५ लाख र  एनआईसी एसिया बैंकले २ करोड बढिको सेयर कारोबार ग-यो।  

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को  घट्यो ।आज ट्रेडिङ उपसूमूहको सूचक सर्वाधिक १.३० प्रतिशतले बढेको हो।