संसद बैठक १५ मिनेटका लागि स्थगित 

संसद बैठक १५ मिनेटका लागि स्थगित 


काठमाडौं, बैशाख २७ गते ।  आफूहरुले संसदमा बोल्न नपाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।