मेयरकी उम्मेदवार सिर्जना सिंहलाई आरजुको साथ

मेयरकी उम्मेदवार सिर्जना सिंहलाई आरजुको साथ

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले जितका लागि अग्रिम शुभकामना दिएकी छन्।

२७ वर्षपछि मेयर उम्मेदवार बनेर पुन: सक्रिय राजनीतिमा फर्किएकी सिर्जनालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले शुभकामना दिएकी छन्। सिर्जनालाई साथ दिन आरजु मंगलबार उनको निवास चाक्सीबारी पुगेकी थिइन्।

चाक्सीबारीमा आरजुले चुनावी अभियान प्रभावकारी बनाउने सुझाव पनि दिइन्। चुनावी सभामा मात्र नअल्झिन र मतदाताको घरघरमा पुगेर मत माग्न आरजुले सुझाइन्। महिलाहरु राजनीतिमा आउनुपर्ने सार्वजनिक आह्वान गर्ने आरजुले सिर्जनालाई टिकट दिलाउन सभापतिसमेत रहेका पति शेरबहादुर देउवासँग भूमिका खेलेको बताइन्छ। कांग्रेसको घरानाको प्रतिनिधित्व गर्ने सिर्जना र आरजु मिल्ने साथी हुन्।