प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा फेला परे अभियुक्त

प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा फेला परे अभियुक्त

चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार घाँटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

गत शनिबार चोरी गरेका तामाका तार कवाडीलाई गरेको अवस्थामा उनी पक्राउ परेका थिए । बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तार चोरी भएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले कवार्ड खानामा तार बेच्दै गर्दा उनलाई पक्राउ गरेको जनाइएको छ ।हिरासत भित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने नेपालीका आफन्त मानकुमारी सार्कीले माग समेत गरेकी छिन् ।

हिरासतमा रहेका नेपालीले आफैं धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घाँटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताए ।