अबदेखि पार्टीले अग्रज नेताहरुको योगदान र विचारलाई सधै ध्यान दिनेछ- सभापति देउवा  

अबदेखि पार्टीले अग्रज नेताहरुको योगदान र विचारलाई सधै ध्यान दिनेछ- सभापति देउवा  

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफुहरु अब पार्टी प्रति सधै ध्यान दिने बताएका छन् । नेपाली कांग्रेसका अग्रज नेता  जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा बोल्दै उनले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका हुन्।  

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समरोहमा सहभागी हुँदै देउवाले भने, 'पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ। '

यस्तै स्वर्गीय आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको समेत उनले चर्चा गरे।  उनले भने, 'किसानका हकहितका लागि लडेका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्नेछ।